यदी कसैको रोमांटिक लाइफको बारेमा कुरा गर्यौं भने यो बुझ्नुपर्ने हुन्छ की पसिनाले यसमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । एउटा नयाँ अध्ययनले यस्तो देखाएको छ की कुनै जोडीको प्रेम सम्बन्धको भाग्य सिधै पसिना संग जोडिएको हुन्छ । यदि आफ्नो साथी संग कुरा गर्दा कसैलाई अत्याधिक पसिना आउछ भने यो संम्बन्ध धेरै दिन सम्म टिक्ने वाला छैन ।
हालै गरीएको यस अध्ययन 'जर्नल आफ सोशल एंड पर्सनल रिलेशनशिप' को नयाँ अंक में प्रकाशित गरिएको छ । मुख्य शोधकर्ता ग्लेन रोजमैन का अनुसार धेरै पसीना आउनुको कारण व्यक्ति स्वयंलाई आवश्यक्ता भन्दा धेरै नियन्त्रन गर्ने कोशिस गर्दछ जसको कारण उ अनेकौँ पटक उत्तेजित हुन्छ । रोजमैन को भनाइ छ कि पारस्परिक सम्बन्धमा कसैलाई मन पराउनु वा नपराउनुमा मुटुको धड़कन तथा छालाको कंडक्टेंस [चालकता] को निकै महत्वपूर्ण हुन्छ ।
यदी हामी हाम्रो पार्टनरसंग दैनिक समस्याहरु समाधान गर्न यदी सामान्य तरीकाले कुरा गर्न सक्दैनै भने यो हाम्रो समस्या हो । इलिनोइस विश्वविद्यालय का शोधकर्ताहरु ले यस अध्ययन को परिणाम को लागी एक प्रश्नावली तयार गरी बिभिन्न पार्कमा डेटिंग गरीरहेका जोडी र विवाहीत जोडीहरुमा यो अध्ययन गरेका थिए ।
यसमा अनुसन्धान कर्ताहरुले उनी र उनको पार्टनर को बारेमा पनि प्रश्न गरेका थिए । अनुसन्धानकर्ताहरुले परस्पर प्रेममा डूबेका मानिसको मन तथा धड़कन र छालाको कंडक्टेंस पनि नापेका थिए जुन सिधै पसिनाको लागी जिम्मेबार हुन्छ । अनुसन्धानकर्ताहरु अन्तिममा यो निष्कर्षमा पुगे की धेरै पसीना निक्लिनाले हामो रोमांटिक लाइफलाई सिधै प्रभावित गर्दछ ।