KyaMazza.com - Home
Online Patrika
HomeModelsArticlesVideos
Articles » Around the World » Weird & Interesting

विलक्षण प्रतिभा

अघिल्लो वर्षको कुरा हो, भारतको कुनै दुर्गम गाउँको एउटा भिडियो प्रसारण भएको थियो । उक्त भिडियोमा एउटी केटीको नराम्रोसँग जलेर जोडिएका औँलाहरुको अप्रेशन गरिँदै थियो । अब प्रश्न उठ्छ, उक्त भिडियो किन विश्वभरि नै चर्चाको विषय बन्यो त ? यसको उत्तर हो कि उक्त अप्रेशन सात वषर्ीय बालकबाट भएको थियो । त्यस बालकको नाम हो- अकृत जेश्वाल ।

अकृत अहिले तेह्र वर्षका छन् र उनको आई, क्यू. १४६ रहेको छ । उनी आफ्नो उमेरका सबैभन्दा ँस्मार्ट पर्सन’ बनेका छन् । उनको बोली फुट्नुभन्दा नै पहिले उनका आमाबाबुलाई लागेको थियो कि उनमा पक्कै केही विशेषता छ ।

"ऊ धेरै चाँडो सिक्छ" भन्छिन् रक्षा, आकृतकी आमा, "उसले अक्षर चिनिसकेपछि उसलाई हामीले अक्षरहरु र शब्दहरु जोड्न सिकायौँ । यसका साथै उसलाई लेख्न पनि सुरु गरायौँ । त्यसबेला ऊ दुई वर्षकोे थियो ।" जुन उमेरमा प्रायः बच्चाहरु ए. बी. सी. डी. पढ्छन्, अकृत त्यस उमेरमा शेक्स पियरका कृतिहरु र मेडिकल साइन्सका किताबहरुमा लीन भएका हुन्थे ।

आफूसँग लाखौँ मेडिकल आइडिया भएको बताउने अकृत अहिले आफू क्यान्सरको निदानबारे केन्दि्रत भएको बताउँछन् । "मैले आफ्नो रिसर्च र सिद्धान्तको आधारमा ओरल जीन थेरापिको कन्सेप्ट विकसित गरेको छु" उनले बताए ।

हालसालै उनी जीवशास्त्र र रसायनशास्त्रमा स्नातक गर्दै छन् । केही समयपछि उनी हामर्ट विश्वविद्यालयमा आफ्नो अध्ययनलाई निरन्तरता दिने सोचमा छन् ।

Copyright © 2008 KyaMazza.com. All rights reserved.
For enquiry mail at info@kyamazza.com